‘संसार फेर्ने’ गीतमा प्रियंका कार्की(भिडियो)

गायिका रानी शाक्यले ‘संसार फेर्ने’ बोलको सामाजिक संदेश बोकेको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। ‘संसार फेर्ने’’ बोलको गीतमा अरुण तिवारीको शब्द रहेको छ । गीतमा संगीत चर्चित संगीतकार दिपक शर्माको रहेको छ। यस गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका हुन्। सकारात्मक सोच, जीवन दर्शन र जीवन जिउने प्रेरणा दिने संदेश गीतमा व्यक्त गरिएको छ।

जीवन शाहीको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा मुख्य भूमिकामा चर्चित नायिका प्रियंका कार्की फिचर्ड छिन् भने राजु गिरी, रश्मी श्रेष्ठ र इन्द्र दोङ्ग लामा सहायक भूमिकामा देखिएका छन्। उत्सव दहालले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गायिका शाक्यको अफ़िसिएल च्यानल रानी शाक्य मार्फत भिडियो सार्वजनिक भएको छ।
भिडियो हेर्नुहोस् :

Leave a Reply