आमाको मुख हेर्ने दिनको अवसरमा यादु सुवेदीको ‘मेरी आमा’ सार्वजनिक (भिडियो)

आमाको मुख हेर्ने दिनको छेको पारेर यादु सुवेदीले ‘मेरी आमा’ बोलको गीत सार्वजनिक गरेका छन्। आफ्नो जन्म दिने आमा र सम्पूर्ण आमा प्रति समर्पित ‘मेरी आमा’ बोलको गीतमा शब्द रचना,संगीत र स्वर यदु सुवेदीको रहेको छ। सार्वजनिक गीतमा सुरज सिवाको संगीत संयोजन रहेको छ।

दिनेश ठकुल्लाले निर्देशन गरेको भिडियोको छायांकन नरेश अयेरले गरेका हुन् भने सम्पादन र कलर टेकेन्द्र शाहले गरेका हुन्। भिडियोमा मिथिला शर्मा र यादु सुवेदीको अभिनय रहेको छ। भिडियोमा आमा र छोराको सम्बन्धलाई चित्रण गर्न खोजिएको छ। आमाको लागी छोराले गर्ने त्यागको कथा भिडियोमा समाबेश छ। आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरुलाई यो उपहार स्वरुप भिडियो सार्वजनिक गरेको गायक सुवेदीले बताए। भिडियो यादु सुवेदीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Leave a Reply