पलले पुजालाई दिए ‘चुरा र पोते’(भिडियो)

अभिनेता पल शाह र अभिनेत्री पुजा शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार जिट्वान्टी वान डिजिटलको युट्युब च्यानलबाट ‘चुरा र पोते’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायिका रचना रिमाल र मनिष ढकालले स्वर रहेको छ । कालिप्रसाल बाँस्कोटाको शब्द तथा संगीत रहेको गीतमा एरेञ्ज रिकेश गुरुङको छ ।

गीतको भिडियोमा पल र पूजा दुलाह दुलहीको भेषमा प्रस्तुत भएका छन् । भिडियोमा पुजा र पलको जोडी सुन्दर देखिएको छ र साथै, केमिस्ट्री पनि निकै जमेको छ ।

प्रेम भाव बोकेको गीतको अडियो र भिडियो दुवै निकै राम्रो बनेको छ । हरि हुँमागाईंको सिनेम्याटोग्राफी रहेको भिडियोका क्रियटिभ डिरेक्टर आशिफ शाह हुन् । अशिम शाहद्वारा निर्देशित म्युजिक भिडियोमा सम्पादन सुनिल शिवभक्तीको रहेको छ । गीत अहिले युट्युब ट्रेंडिंगमा रहेको छ ।

चलचित्रसँगै म्यूजिक भिडियोमा समेत निकै रुचाइएको जोडी मध्येका हुन्, पल शाह र पुजा शर्मा । सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउछु’ मार्फत पर्दामा पहिलो पटक देखिएको जोडीलाई चलचित्रमा दर्शकहरुले खुब रुचाए । यो चलचित्रबाट पुजा र पलको जोडीले निकै चर्चा पायो ।

दर्शकहरुको भरपुर माया पाएपछि निर्माण टिमले यो जोडीलाई पुनः चलचित्र ‘म यस्तो गीत गाउँछु’को सिक्वेल ‘म यस्तो गीत गाउँछु २’ मा संगै ल्याएका थिए । ‘म यस्तो गीत गाउँछु-२’ रिलिजको तयारीमा थियो । तर, कोरोनाको त्रासका कारण चलचित्रको रिलिज अनिश्चितकालका लागि रोकियो । र अझसम्म पनि प्रदर्शनमा आउन सकेको छैन ।

गीत हेर्नुहोस् :-

Leave a Reply