साम्राज्ञी र गरिमाको ‘लण्डन टु पेरिस’ फागुन ५ मा प्रदर्शन हुने

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मा अभिनित चलचित्र ‘लण्डन टु पेरिस’को प्रदर्शन मिति घोषणा भएको छ । चलचित्र आगामी फागुन ५ गते देशव्यापी प्रदर्शन हुने छ । चलचित्रमा साम्राज्ञी र गरिमासहित निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठको प्रमुख भूमिका छ । चलचित्र ‘पञ्चेबाजा’का निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई ट्राभल लभस्टोरी भनिएको छ ।

एबी इन्टरनेसनलले निर्माण गरेको चलचित्रको बेलायत र फ्रान्समा छायांकन गरिएको हो । चलचित्रमा अमित बस्नेत, अजित केआर थापा, परी राना, अंकित गौतम, अजित सिंह र सनिष खकुरेको लगानी छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । टिकटकबाट हुँदै म्यूजिक भिडियोमा व्यस्त रहेकी गरिमाले ‘लण्डन टु पेरिस’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । त्यस्तै, यही चलचित्रबाट निश्चल पनि नायकको रुपमा डेब्यू गर्न लागेका हुन् ।

Leave a Reply