सत्यराजको शब्दमा प्रताप र पुजाको स्वर रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

चर्चित गायक प्रताप दास र पुजा केप्छाकी मगरको स्वर रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।रोमान्टिक जनरामा बनेको ‘यात्रा’ बोलको गीतमा नायिका करुणा श्रेष्ठ र मोडल प्रकाश रामदाम फिचर्ड छन् ।

सत्यराज चौलागाईंको शब्द रहेको गीतमा सरोज पोख्रेलको संगीत रहेको छ । ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक भएको गीतको छायांकन बुद्ध थापाले गरेका हुन् ।
उदय राज पौडेलले एरेञ्ज गरेको गीतको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् भने गीतका कोरियोग्राफर पनि बसेल नै हुन् ।

Leave a Reply