सूर्यमालालाई ब्यस्त बनाउँदै निकेश खड्काले ल्याए आमा गीत

चलचित्र निर्देशक समेत रहेका निर्देशक निकेश खड्काको निर्देशनमा आमा बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सविसंगम राईको संगीतमा गायक नरेन्द्र राईले आफ्नी दिवंगत आमा बिन्द्र माया राईको सम्झनामा गाएको गीतका शब्दलाई जानुका राईले रचेकी हुन । भिडियोमा गायक नरेन्द्रले छोराको भूमिकामा आफैले अभिनय गरेका छन भने उनकी आमाको भूमिकामा शसक्त अभिनयकी धनी कलाकार सूर्यमाला खनालले अभिनय गरेकी छिन ।

सूर्यमाला खनाल लोकप्रिय अभिनेता सरोज खनालकी अर्धाङिनी समेत हुन जो नेपाली सिनेमा, नाटक र म्यूजिक भिडियोहरुमा बेला बेलामा देखिईरहन्छिन । उहाँ जस्तो कलाकारलाई हामी मेकरले चिन्दैनौ आज कति मान्छे निकै ब्यस्त रहदा उहाँ जस्तो कलाकार खाली बस्न परेको छ । त्यसैले उहाँको सम्मान स्वरुप पनि मैले यस पटक उहाँसँग काम गर्ने मौका पाए जुन निकै राम्रो अनुभूति भयो निर्देशक खड्काले भनेका छन ।

मातृत्व बर्णन गरिएको शब्दलाई गायक नरेन्द्र जीको आमा प्रतिको माया र सम्झना समेट्दै आफूले रचना गरेको र गायक नरेन्द्र राईले त्यसलाई पूर्ण साकार परिदिएको भन्दै रचनाकार राईले यो गीत हरेक सन्तानका लागि आमा सम्झिने एक गीत भएको बताएकी छिन । २०२३ फ्रेब्रुअरी १९ तारिखका दिन आमा गुमाएका गायक राईले यो गीत बनेपछि बल्ल मनमा शान्ति भएको र आमा सधै आफूसँगै रहेको अनुभूति भएको बताएका छन ।

Leave a Reply