कोरोना संक्रमित गायिका कनिका ‘डिस्चार्ज’

कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित बलिउडकी चर्चित प्लेब्याक गायिका कनिका कपूर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । मार्च ९ मा लण्डनबाट फर्किएको केही दिनपछि गायिका कनिका कपुरमा कारोना भाइरसको संक्रमण देखिएको थियो । कोरोना भाइरसबाट संक्रमित भएपछि उनी मार्च २० मा लखनउको एसजीपीजीआई अस्पतालमा भर्ना भएकी थिइन् ।

उनको पाँच पटकसम्म कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको थियो । तर, शनिबार र सोमबार लगातार रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । उनी १५ दिन अस्पतालमा उपचार गरेर घर फर्किएकी हुन् ।

Leave a Reply