निर्णायकहरु परिवर्तन भएर ‘नेपाल आइडल-४’ सुरु हुँदै

नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलको चौथो सिजन प्रसारण हुने भएको छ । नेपाल आइडलका निर्देशक सुरेश पौडेलले शो चाडै नै प्रसारणमा आउने जानकारी गराएका हुन् । पौडेलको अनुसार ‘फ्रेन्चाइजको अनुमति ३ वर्षको थियो । त्यो सकिएपछि चौथो गर्ने वा नगर्ने दुबिधा थियो । अहिले फ्रेन्चाइजको मौखिक अनुमति पाइसकेका छौँ । लिखित अनुमति प्राप्त भएपछि हामी चौथो सिजनको काममा लाग्नेछौँ ।’केही दिनमा नै लिखित अनुमति पत्र प्राप्त हुनासाथ चौथो सिजनको प्रोमो सार्वजनिक गर्ने पौडेलको भनाइ छ । यस पटक भने शो का जजहरु फेरिने छन् । यसअघिका तीनै सिजनका निर्णायकमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी थिए ।

Leave a Reply