आर्यन सिग्देल चलचित्र ‘सायरा’मा अनुबन्धित

अभिनेता आर्यन सिग्देलले नयाँ चलचित्र साइन गरेका छन् । आइतबार ‘सायरा’ नाममा निर्माण हुन लागेको चलचित्रमा उनी अनुबन्ध भएका हुन् । आइतबार निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज र आर्यनबीच कागजी सम्झौता भएको हो ।

रघु परियारले निर्माण गर्न लागेको चलचित्रको कथा पनि परियार स्वयंको हो । सोसल ड्रामा र लभ स्टोरीमा निर्माण हुन लागेको चलचित्रको अन्य ‘कास्ट एन्ड क्रियू’ केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ । आउँदो असोजबाट छायाङ्कन गर्ने तयारीमा रहेको चलचित्रको ‘सायरा’ को ९० प्रतिशत छायाङ्कन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ ।

Leave a Reply