कोरोना सङ्क्रमित अमेरिकी गायक जोन प्राइनको मृत्यु

गत महिना कोरोना सङ्क्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना भएका अमेरिकी गायक जोन प्राइनको मृत्यु भएको छ । ७३ वर्षीय प्राइनको मृत्यु भाइरसको सङ्क्रमणबाटै भएको भन्ने पुष्टि भएको छैन । यसअघि प्राइनकी श्रीमतीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । एनजल, स्याम स्टोन लगायत गीतबाट चर्चित बनेका प्राइनले धेरै पटक ग्रामी अवार्ड जितेका थिए । उनको गीत ‘रोलिङ स्टोन’ले उनलाई ‘द मार्क ट्वाइन अफ अमेरिकन सङराइटर’ को नाम दिएको थियो । विश्वभरका संगीतकर्मीले प्राइनको मृत्यु निकै दुखदायी र साङ्गीतिक क्षेत्रमा ठुलो क्षति भएको भनी संवेदना प्रकट गरेका छन् ।

Leave a Reply