रुक्साना लिम्बुको ‘सानै छु म’(भिडियो)

‘दि भोइस अफ किड्स सिजन वान’ की फाइनलिस्ट रुक्साना लिम्बुको आवाज रहेको ‘सानै छु म’ बोलको गीतको सार्वजनिक भएको छ । गीतमा महेश खड्काको शब्द/संगीत र महाराज थापाको सम्पादन रहेको छ । ए प्लस म्युजिक स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो महेश खड्काको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

‘सानै छु म’ को गीतको भिडियो मिनाक्षी कोइरालाको निर्देशनमा बनेको हो । उनी चलचित्र सेन्सर बोर्डको सदस्य समेत हुन् । भिडियोमा रुक्साना फिचर्ड छिन् र उनीसँगै निमेश, सुभम्, प्राप्ती, खुशी, आरभ र सिद्धार्थलाई पनि फिचरिङ गरिएको छ ।

गीत हेर्नुहोस् :-

Leave a Reply