राजेश पायलको ‘खुसिका मुहान’ गीतमा नग्मा र सागर जोडी जातकै कारण छुटे

राई इज किङ राजेश पायल राईको स्वरमा रहेको ‘खुसिका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राज मुकारुङको शब्द रहेको छ, भने अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । एआरको प्रस्तुतीमा बनेको गीत काठमाडौमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

निर्देशक तथा गायक सुरज तामाङले निर्देशन गरेको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । प्रेमिल जोडीको जिवनमा आउने जातिय अवरोधको सेरोफेरोलाई सुरजले गीतको स्टोरी अनुसार प्रस्तुत गरेका छन् । पछिल्लो समयकी ब्यस्त मोडल नग्मा श्रेष्ठ र सागर थापा ध्रुव यस म्युजिक भिडियोमा फिचर्ड छन् ।

नग्मा र सागरको जोडीलाई तारिफ योग्य काम गराएका छन्, निर्देशक सुरजले । खुसिका मुहान गीतको बारेमा बोल्दै मोडल नग्माले गीत जस्तै भिडियोपनि राम्रो बनेकाले दर्शकको प्रतिकृयाको पर्खाइमा रहेको बताइन् । यस भिडियोमा फराज अर्पणको डिओपी, बिशाल थापाको सिनेमाटोग्राफी र ज्वाला राईको सम्पादन र कलर रहेको छ । यो गीतमा साहस शाक्यको एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ, मास्टरिङ रहेको छ ।
भिडियो हेर्नुहोस् :

Leave a Reply