चर्चित प्लेब्याक गायक युवराजको स्वर रहेको ‘मलमल सारी’ सार्वजनिक (भिडियोसहित)

चर्चित गायक युवराज चौलागाईंको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । बुधबार युवराज चौलागाईंको अफिसियल युट्युब च्यानल मार्फत ‘मलमल सारी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गोपी श्रेष्ठ र अनुष्का पाठकको शब्द रहेको गीतमा स्वर र सङ्गीत गायक युवराज चौलागाईंको नै रहेको छ । गीतलाई राजन इशानले एरेन्ज गरेका हुन् । कविराज गहतराजले निर्देशन गरेको गीतको भिडियोमा पल शाह, वर्षा राउत र गायक युवराज चौलागाईं फिचर्ड छन् । गीतको भिडियोमा तिनै कलाकारले नृत्य प्रस्तुत गरेका छन् ।

सुदिप बरालले छायाङ्कन गरेको भिडियोलाई अर्जुन जीसीले सम्पादन गरेका हुन् । गीतको कोरियोग्राफी दिपक राज सुनारले गरेका हुन् । चौलागाईंको किन टाढा भयौ, तिम्रा डोला डोला , हारे हारे , लत्तर पत्तर, मनको दाग, मिस गरे , झुटो माया , एक्लै जिउने , हरेक शब्द , तिम्रो माया , पल पल चोट, किराना पसल लगायत नेपाली गीतहरु चर्चित छन् ।

Leave a Reply