फिल्मी शैलीमा ‘तिम्रो सहर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

केहि समय अघि गीतको ट्रेलर समेत सार्वजनिक गरिएको ‘तिम्रो सहर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय म्युजिक भिडियोको निर्माण निकै फरक शैलीले हुन थालेको छ । त्यसैको एउटा उदहारण हो ‘तिम्रो सहर’ । ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको ‘तिम्रो सहर’ गीतलाई शर्ट म्युजिकल मुभि भनिएको छ ।

सन्तोस कालिकोटेको स्वर ,यमन सुबेदीको शब्द तथा मनोजराज सिवाकोटीको संगीत रहेको गीतलाई एरेजं किरण कंडेलले गरेका हुन् । फिल्मी शैलीमा बनाइएको म्युजिक भिडियोमा अभिनेता अमिर गौतम, चर्चित छायाँकार तथा सरौतो निर्देशक हरि हुमागाई, मोडल सुशिला थापा, निर्देशक युबराज वाइबा, लोमस पौडेल तथा नारायण घिमिरेको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई सम्पादक तथा निर्देशक निसान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायांकन ,बिकास दाहालको सम्पादन र शंकर महर्जनको एक्सन देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=as-qy6afk8k&feature=youtu.be

भिडियोमा आफुले नयाँ अवधारणा प्रयोग गरेको बताउने निर्देशक घिमिरे भन्छन्,‘तिम्रो सहर’ म्युजिक भिडियो दर्शकहरुको लागि विशेष रहनेछ।

Leave a Reply