गीता ढुंगाना र देवेन्द्र बब्लु अभिनित ‘मुटु मेरो चलाउने’ सार्वजनिक(भिडियोसहित)

देवेन्द्र बब्लु र गीता ढुंगानाको अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘मुटु मेरो चलाउने’ बोलको गीतमा गायक पवन भट् र गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । गीतमा देवेन्द्र र गीताले प्रेमिल जोडीको भूमिका निभाएका छन् र उनको जोडी निकै सुहाएको छ । गीतको शब्द दर्पण यात्रीले लेखेका हुन् भने सङ्गीत गायक भट्कै रहेको छ र एरेन्ज पनि उनी स्वयंले गरेका हुन् । त्यसैगरी गीतलाई सन्तोष पौड्येलले मिक्सिङ गरेका हुन् ।

भिडियोलाई शर्मा जि ‘प्युठान’ ले निर्देशन गरेका हुन् र यो उनको ‘डेब्यु’ निर्देशन हो । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । ठग लाइफ नेपाल मिडियाको प्रस्तुति र ‘एट के एभरेस्ट मोसन पिक्चरस’ को सहकार्यमा बिहिबार सार्वजनिक भएको ‘मुटु मेरो चलाउने ’ म्युजिक भिडियो ‘ठग लाइफ नेपाल मिडिया’ को युट्युब च्यानलमा उपलब्ध छ ।भिडियोमा स्कुले जीवनको किशोर किशोरी बिचको प्रेम भाव देखाउन खोजिएको छ। गीतको अडियो पनि निकै राम्रो रहेको छ । भिडियो हेर्नुहोस् : 

Leave a Reply