हेर्नुहोस् साताका दश उत्कृष्ट नेपाली गीतहरु(भिडियोसहित)

युट्युबमा सातापिच्छे दर्जनौं नेपाली गीतहरू नयाँ–नयाँ च्यानलमार्फत अपलोड भइरहेका छन् । यसैबीच लोकप्रिय र प्रभावकारी फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत हरेक हप्ता एउटा कार्यक्रममा सबै भन्दा बढी युट्युबमा हेरिएका १० वटा गीतलाई समावेश गर्दै आएको छ ।

हेर्नुहोस् यस साता ‘रुटिन अफ नेपाल बन्द’मा चुनिएका दश उत्कृष्ट नेपाली गीतहरु :

१०.‘पछेउरी लिस्यो’
समिक्षा अधिकारी,अर्जुन सापकोटा र रबिन लामिछानेको स्वरमा रहेको गीत लोक दोहोरी गीत हो ।

९ . ‘फुलबुट्टे सारी’ लेजेण्डरी भर्सन
मेल, फिमेल र चाइल्ड भर्सनमा निकै रुचाईएको लोकप्रिय र चर्चित गीत ‘फुलबुट्टे सारी’ को वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आवाजमा लेजेण्डरी भर्सन पनि दर्शकले निकै मन पराएका छन् ।

८. ‘सैलुंग मेला’

गायक राजु लामाको स्वरमा रहेको वियोगान्त गीत ‘शैलुङ्गे मेला’ गीतको भिडियोमा राजु लामासहित एलिसा राई र साजन मोक्तानको अभिनय देख्न सकिन्छ ।

७.‘आँखामा आउने सपनी’
एकदेव लिम्बुको आफ्नै शब्द रचना रहेको यस गीतमा स्वर पनि उनैको रहेको छ। यो गीत पनि रुचाइएको गीतहरु मध्ये एक हो ।

६. ‘फलाम पिटे तरवार’

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको”फलाम पिटे तरवार”बोलको गीतको म्युजिक भिडियोमा आशिर प्रताप जंग र लोशिना लामिछानेको अभिनय रहेको छ।

५. ‘जोडी परेवा’

कलौटे,मुसी,मिलन र विराज गन्धर्वको स्वर रहेको गीत सामाजिक सञ्जाल र युट्युबमा निकै भाइरल भएको गीत हो।

४.‘काली’

पुष्पन प्रधानको स्वरमा मार्मिक प्रेमभाव बोल्ने गीति भिडियो ‘काली’ मा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता नाजिर हुसेनको मनछुने अभिनय रहेको छ ।

३. ‘ठग्यो जिन्दगीले’

गायिका सुनिता बुढा क्षेत्री र गायक रेशम निर्दोषको स्वर रहेको मार्माीक लोकगीत ठग्यो जिन्दगीले युटुव ट्रेडिङको १ नम्बरमा पर्न सफल भएको छ ।

२. ‘फुलबुट्टे सारी’ फिमेल भर्सन
मिलन नेवारको आवाजमा फिमेल भर्सनमा रिलिज भएको ‘फुलबुट्टे सारी’ गीतले दर्शकको मन जितेको छ भने थुप्रै रेकर्डपनि बनाईसकेको छ ।

१. ‘टाढा भए पनि’ फिमेल भर्सन
अस्मिता अधिकारी र अर्गेन डोंगको स्वर सुन्न सकिने यो गीतले युट्युबमा नयाँ रेकर्ड पनि बनाएको छ । यो गीतले युट्युबमा सार्वजनिक भएको २४ घण्टा भित्र सबैभन्दा बढी पटक हरिएको थियो ।

Leave a Reply