सलोन र आमेशले तिहारमा लाइभ म्युजिक कन्सर्ट गर्दै

अभिनेता द्वय सलोन बस्नेत र आमेश भण्डारीले पहिलो पटक कन्सर्ट गर्ने भएका छन् । तिहारको छेको पारेर कात्तिक ६ गते साँझ दरबारमार्गस्थित लिक्कुइड लन्जमा उनीहरुले आफ्नो प्रस्तुति दिनेछन् । ‘लिक्कुइड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक’ नाम दिइएको कार्यक्रममा सलोन र आमेशले गीत गाएर दर्शक झुमाउने छन् । बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तिहार विशेष कार्यक्रम गर्न लागिएको औपचारिक जानकारी गराइयो ।

चलचित्र ‘मेला’मा सँगै काम गरेका उनीहरु गायनका सौखिन हुन् । यी दुईले ‘रुम नम्बर १०८’, ‘मेरो लागि तिमी’ जस्ता गीतहरु समेत गाइसकेका छन् । राति ९ देखि १२ बजेसम्म हुने कार्यक्रममा सलोन र आमेशसँगै एफटी लिक्कुइड ब्याण्डले पनि प्रस्तुती दिनेछ ।

Leave a Reply