‘साङ्लो’को फस्टलुक पोस्टर सार्वजनिक

कोरीबाटी,काठमाडौँ

अभिनेता विराज भट्टको डेब्यू निर्देशित चलचित्र‘साङ्लो’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । चलचित्रको फस्टलुक पोस्टरमा बिराज मात्र फिचर्ड छन्। पोष्टरमा अभिनेता भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ।

पोस्टर सार्वजनिक संगै चलचित्रको रिलिज मिति पनि फागुन ९ लाई तय भएको छ। यसअघि फिल्मको रिलिज मिति कात्तिक १५ लाई तय भएको थियो। अब फागुन ९ मा ‘साङ्लो’ र ‘लप्पन छप्पन २’ भिड्नेछन् । ‘साङ्लो’ लाई विराज स्वयंले निर्माण गरेका हुन् ।

एक्सन तथा प्रेम कथामा आधारित चलचित्रमा अभिनेता भट्ट मुख्य भूमिकामा छन् भने साथमा छिन् पूर्व मिस नेपाल तथा नव–अभिनेत्री निकिता चण्डक। तेज बहादुर खड्काको लगानी तथा शिवम् अधिकारीको लेखनमा बिराज र निकिताका साथमा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पी पन्त, अमित गिरीलगायतको चलचित्रमा अभिनय रहेको छ।

विराज भट्ट फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा तेज बहादुर खड्का छन। कविराज गहतराज र रामजी लामिछानेले गीतमा कोरियोग्राफ गरेका हुन् भने अष्ट महर्जनले द्वन्द्व निर्देशन गरेका छन्।

Leave a Reply