‘सरौतो’को दोश्रो गीतमा सुमी र सन्नी प्रेममा (भिडियो)

कोरीबाटी,काठमाडौँ

कार्तिक २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र‘सरौतो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘केही आधा’ बोलको गीतको भिडियोमा कलाकार सुमी मोक्तान र सन्नी सिंह फिचर्ड छन् । उनीहरुलाई निकै रोमान्टिक देखिएको छ।

स्याड भर्सनको गीतमा पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर छ । भिजिट नेपाल २०२० लाई लक्षित गरि सात प्रदेशका १४ सुन्दर लोकेसनमा सार्वजनिक गीतको भिडियो छायाँकन गरिएको निर्माण टिमले बताएको छ ।

चलचित्रमा सन्नी सिंह र सुमी मोक्तानको साथमा आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम समशेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायत कलाकारको अभिनय रहेको छ ।

विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई हरी हुँमागाईले निर्देशन गरेका छन् भने चलचित्रकी कार्यकारी निर्मातामा सिर्जना जोशी रहेकी छिन् । एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्रमा कथा, पटकथा तथा संवाद राघव कृष्ण गौतमले लेखेका हुन् । यस चलचित्र मार्फत चर्चित छायाँकार हरी हुँमागाईले निर्देशनमा डेव्यु गर्दैछन् । शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई बिके फिल्मस् र एफ डि कम्पनीले प्रदर्शनको जिम्मेवारी सम्मालेका छन् ।

(भिडियो सहित्):

Leave a Reply