फरक शैलीमा ‘प्रेमगीत–३’को पहिलो ‘हात्ती ढुङ्गामा’ बोलको गीत सार्वजनिक(भिडियो सहित )

केही दिन अगाडि छायांकन पूरा भएको यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्य एक ‘प्रेमगीत ३’ को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार युट्युवमार्फत सार्वजनिक गरिएको ‘हात्ती ढुंगामा’ बोलको गीतमा सागर आले र मेलिना राईको स्वर रहेको छ । कल्याण सिंहको संगीत रहेको गीतमा हर्क साउदको शब्द छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका प्रमुख अभिनेता प्रदीप खड्का, नव-अभिनेत्री क्रिस्टिना गुरुङ , सुनिल थापा र माओत्से गुरुङ फिचर्ड छन् । सयभन्दा बढी कोरस राखेर मनाङमा खिचिएको गीतको भिडियोमा प्रदीप र क्रिस्टिनालाई फरक गेटअपमा देख्न सकिन्छ । गीतले यी दुईको प्रेम भाव बोल्छ । फरक शैलीमा तयार पारिएको गीतको भिडियोलाई आकर्षक बनाइएको छ ।

https://www.youtube.com/watch?v=UaeScocRNsQ

चलचित्रमा प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’को रुपमा देखिँदैछन् भने नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् ।प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ ।

डेढ सय वर्ष अगाडिको कथा समेटिएको चलचित्रमा आफु नकारात्मक भूमिकामा देखिन लागेको निर्माता सेनको भनाइ छ ।सन्तोष सेनको लगानीमा बन्न लागेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर भरेका छन् । तीन करोड लागतमा बनेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

Leave a Reply