विदेशमा विपिनको ‘सेल्फी किङ्ग’को माग बढ्यो

विपिन कार्की स्टारर चलचित्र‘सेल्फी किङ’को विदेशमा उच्च माग देखिएको छ । यसअघि ‘प्रसाद’ जस्तो सफल सिनेमा निर्माण गरेका कारण विदेश प्रदर्शनका लागि वितरकहरु बिच तछाडमछाड देखिएको निर्माण टिमले बताएको छ ।

अर्कोतिर, चलचित्र ‘प्रसाद’ निर्माण गरेको टिमको चलचित्र भएकाले पनि यसको माग विदेशमा बढेको हो । निर्माता सुभाष थापाका अनुसार अष्ट्रेलियाका लागि ‘प्रसाद’ प्रदर्शन गरेको गोर्खे इन्टरटेन्मेन्टले नै ‘सेल्फी किंग’को प्रदर्शन अधिकार खरिद गरेको छ । यसका लागि २५ लाख रुपैयाँमा संझौता भएको निर्माता थापाको भनाई छ ।

यस्तै युरोप, अमेरिका, जापान, कोरिया, साउदी, दुबई, हंङकंङ, मलेसियालगायतका देशबाट पनि सिनेमाको प्रदर्शन राइट्स् खरिदको लागि बाक्लो प्रस्तावहरु आइरहेको थापाले जनाएका छन् । जसमध्ये अधिकांश देशमा ‘प्रसाद’का वितरकहरु नै ‘सेल्फी किङ’ खरिदका लागि इच्छुक देखिएका छन् । उनका अनुसार केही दिनमै अन्य देशका वितरकसँग प्रदर्शनको लागि सम्झौता हुनेछ ।

विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ भने, अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा प्रस्तुत गरिदै छ । चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् ।

चलचित्रमा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी छ ।

Leave a Reply