‘पोइ पर्‍यो काले’ ट्रेलर सार्वजनिक: सौगात र सृष्टि, आकाश र पूजा जोडीका रूपमा

कात्तिक ८ बाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर चलचित्र ‘पोइ पर्‍यो काले’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर कमेडी बेसमा तयार पारिएको देख्न सकिन्छ।
आकाश श्रेष्ठ र पूजा शर्मा जोडीका रूपमा देखिने चलचित्रमा सृष्टि र पूजा दिदीबहिनी हुनेछन् । सौगात मल्ल काले पोइ बन्ने छन् भने उनको जोडी सृष्टि श्रेष्ठ हुनेछिन्। यसबाहेक सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयं यसका कलाकार रहेका छन्।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा राजिव गुरुङ (दीपक मनांगे) र सरोज नेपालीको लगानी छ भने सिनेमाकी कार्यकारी निर्माता अमला देवि राई हुन् । शिशिर राणाले निर्देशन गरेको चलचित्रमा तारा थापा‘किम्भे’को सम्पादन रहेको छ ।

Leave a Reply