‘आमा’ फर्स्टलुक पोस्टर सार्वजनिक

दिपेन्द्र के.खनालको निर्देशनमा रहेको चलचित्र‘आमा’को फस्तलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरहरुमा नायिका सुरक्षा पन्तलाई अर्ध मुण्डन अवस्थामा मुख्य रुपमा प्रस्तुत गरिएको छ ।

एक पोस्टरमा फिल्ममा आमाको भूमिकामा रहेकी मिथिला शर्माको पिडा झल्किने स्वरुप ऐनामा प्रस्तुत गरिएको छ जसमा सुरक्षालाई पृष्ठभुमीमा देख्न सकिन्छ । पोस्टरले आमा र छोरी बीचको सम्बन्ध प्रस्तुत गर्न खोजेको अनुमान लगाउन सकिन्छ । फिल्मलाई ‘सम्पूर्ण आमाहरु प्रति समर्पित, आमाहरु कै कथा’ भनिएको छ ।

निर्देशक खनालले आफ्नै लेखन तथा छाँयाकन रहेको चलचित्रमा कलाकार देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको समेत अभिनय रहेको छ । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् भने सह-निर्माताको रुपमा सन्तोष अधिकारी रहेका छन् ।

चलचित्र आउदो फागुन ९ गतेबाट प्रदर्शनमा आउनेछ ।

Leave a Reply