‘जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराई र मह जोडिले नयाँ चलचित्र निर्माण गर्ने

प्रदीप भट्टराई अहिले नेपाली चलचित्र क्षेत्रमा सफल निर्देशकका रुपमा स्थापित छन् । भट्टराईद्वारा निर्देशित चलचित्र जात्रा, शत्रुगते तथा जात्रैजात्राले प्रदर्शनको ५१ औं दिन मनाउनुका साथै व्यावसायिक रूपमा सफल नेपाली चलचित्रमा दरिएका छन् ।

२०६३ सालमा ‘टिकेको तीन मन्त्र’ टेलिशृंखलामार्फत प्रदिप मह जोडीसँग जोडिए । त्यसपछि प्रदिपले मह जोडीको मन जिते ।
सहायक निर्देशकमा काम गरेका मह जोडीसँग भट्टराईले आफ्नो पहिलो निर्देशित चलचित्र ‘जात्रा’ निर्माण गरेका थिए । ‘जात्रा’ले दर्शकको मन् जितेर ५१ औं दिन मनाउन सफल भए । चलचित्रले लगानी उठाएर केही रुपैयाँ नाफा दिलायो ।

मह सञ्चारले २ वर्षपछि चलचित्र ‘शत्रुगते’ बनाउदा प्रदिपले निर्देशन गरेका थिए । सो चलचित्र ‘सुपर हिट’भयो । त्यसपछि ‘जात्रा’को अर्काे भाग ‘जात्रै जात्रा’ निर्देशन गरे र यो चलचित्र पनि प्रदिपलाई ठूलो सफलता भयो ।

अब आउने २०७७ साल मंसिर ७ गते उनले फेरी अर्को चलचित्र बनाउने घोषणा गरेका छन् तर चलचित्रको नाम के राख्ने भन्ने टुंगो लागेको छैन । यो चलचित्रप्रति पनि प्रदिपलाई ठूलो आशा रहेको निर्देशक भट्टराईले कोरिबाटीलाई जानकारी दिए ।

Leave a Reply