‘लाइगर’को ट्रेलरमा विजय देवरकोन्डा एमएमए बक्सरको भूमिकामा

साउथका चर्चित अभिनेता विजय देवरकोन्डा स्टारर पहिलो बलिउड चलचित्र ‘लाइगर’को आधिकारिक ट्रेलर रिलिज भएको छ । ट्रेलरमा अभिनेताको दमदार एक्सन अवतार देख्न सकिन्छ ।

धर्मा प्रोडक्सन अन्तर्गत बनेको चलचित्रको बहुप्रतिक्षित ट्रेलर धेरै भाषाहरूमा बाहिरिएको हो । अभिनेता पुरी जगन्नाथद्वारा निर्देशित चलचित्र हिन्दी बाहेक अन्य ४ भाषामा पनि प्रदर्शन हुनेछ । चलचित्रमा अमेरिकी बक्सर माइक टायसनको पनि केमियो भूमिका छ । चलचित्रको सुटिङ सन् २०२१ को फेब्रुअरीमा सुरु भएको थियो ।

विजय देवरकोंडा बाहेक, लिगरमा अनन्या पाण्डे, माइक टायसन र राम्या कृष्णन पनि छन्। चलचित्र यसै वर्षको अगस्ट २५ मा प्रदर्शन हुने छ । ट्रेलरमा अनन्या विजयको अपोजिटमा प्रस्तुत भएकी छन् । ट्रेलरले चलचित्रप्रति दर्शकको उत्सुकताका जगाएको छ ।

बाहुबली पछि, राम्या कृष्णन अर्को चलचित्रमा शक्तिशाली आमाको रूपमा फर्किएकी छिन्। ट्रेलरअघि नै चलचित्रको पहिलो गीत ‘अक्डी पक्डी’ रिलिज भएको थियो । गीतमा विजय र अनन्याको रोमान्स देख्न सकिन्छ ।

Leave a Reply