ह्योल्मो भाषाको चलचित्र “मेतोक’ को बिशेष प्रदर्शन सम्पन्न

“मेतोक चलचित्रको अभियान, ह्योल्मो भाषा, धर्म कला संस्कृतिको संरक्षण र संवर्द्धन भन्ने जुन नारा छ सोहि अनुसार चलचित्र रहेको र हेर्न लायक चलचित्र बनाएकोमा निर्माता प्रति आभारी रहेको बताउदै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले आफ्नो समुदायलाई यस्ता चलचित्रलाई समुदायले समर्थन गर्दै माया गर्नु पर्ने तर्क राखेका थिए ।

ह्योल्मो भाषाको चलचित्र “मेतोक’ को बिशेष प्रदर्शन सम्पन्न भएको छ । चाबहिल स्थित के. एल. टावरको एफ. क्युब. सिनेमा   हलमा  सम्पन्न पहिलो बिशेष सो मा ह्योल्मो समुदायका बिशिस्ट व्यक्तित्वहरु प्रदेश सभाका संसादहरु गाउँपालिका प्रमुखहरु पूर्व महाबाणिज्य दुध तथा  ह्योल्मो संघसंस्थाका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थितिमा चलचित्रको प्रदर्शन भएको हो ।

पहिलो सोबाट चलचित्रले अत्यन्तै सुखत प्रतिक्रिया पाएको छ । चलचित्र हेर्ने अतिकंसा व्यक्तिहरुले आधिवासीमा बनेका चलचित्रहरु मध्ये अहिले सम्मको उत्कृष्ट चलचित्र “मेतोक” बनेको बताएका छन् । चलचित्र हेर्न ह्योल्मो समुदायका साथमा अन्य बिशेष व्यक्तित्वहरुको पनि उपस्थिति रहेकाले चलचित्रमा नेपाली सव टाइटल समेत राखेर प्रदर्शन गरिएको थियो ।

“मेतोक चलचित्रको अभियान, ह्योल्मो भाषा, धर्म कला संस्कृतिको संरक्षण र संवर्द्धन भन्ने जुन नारा छ सोहि अनुसार चलचित्र रहेको र हेर्न लायक चलचित्र बनाएकोमा निर्माता प्रति आभारी रहेको बताउदै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले आफ्नो समुदायलाई यस्ता चलचित्रलाई समुदायले समर्थन गर्दै माया गर्नु पर्ने तर्क राखेका थिए ।

त्यस्तै पूर्व महाबाणिज्य दुध बिनोद लामा ह्योल्मोले निर्देशक ठिलेन लामालाई आफ्नो समुदायको भाषा कला संस्कृतिलाई जस्तोको तस्तै पर्दामा उतारेकोमा आफु निकै प्रभावित भएको र यस्ता चलचित्र आउदो दिनमा पनि निर्देशक लामाबाट निर्माण हुने अपेक्षा रहेको र  साथसहयोग सधै रहिरहने  समेत विश्वास दिलाएका थिए ।

चलचित्र हेरीसके पछि ६० लाख खर्च गरेर करोडौको कृति आफ्नो समुदायलाई छोड्न सफल भएको भन्दै निर्देशक लामालाई दर्शकको हौसला अनि धन्यबाद लगायतका  प्रतिक्रिया  आएका थिए ।

ठिलेन लामाको कथा र आगत के।सीको पटकथा र संवाद रहेको छ । नेपाली भाषाको पठकथा सम्बद्लाई ह्योल्मो भाषामा अनुबाद भने डले ह्योल्मोले गरेका हुन् । चलचित्रलाई राम कुमार केसीले खिचेका छन् भने सन्देश शाहले सम्पादन गरेका छन् । चलचित्रमा ठिलेन लामा ह्योल्मो , निमा डोल्मा ह्योल्मो , डोमा ह्योल्मो,  दावा दोर्जे ह्योल्मोको मुख्य भूमिका साथै भिम ज्यबा, छेम्बेल ह्योल्मो, कान्छी माया होल्मो, पेमा ह्योल्मो लगायतका कलाकारहरु  रहेका छन्  ।  

नेपालको बिशेष सो बाट राम्रो प्रतिक्रिया आएसंगै चलचित्र चाडैनै बिदेश सोको लागि जाने तयारी रहेको निर्मात्री सर्किनी ज्यबा ह्योल्मोले बताइन ।

Leave a Reply