‘छ माया छपक्कै’को तीन दिनमा ५ करोड कमाई

यस बर्षको प्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’ यही शुक्रबारबाट रिलिज हुदा तीन दिनमा ५ करोड ग्रस कलेक्सन भएको छ । दशैंको अन्त्यतिर चलचित्र रिलिजसंगै यतिबेला व्यापारिक रिपोर्टको चर्चा भइरहेको छ ।

अभिनेता दीपकराज गिरीले चलचित्रको व्यापार आश्चर्यजनक भएको बताएका छन् ।शुक्रवारनै अधिकांश हलहरु हाउसफुल भएको थियो । रिलिजको पहिलो दिन शुक्रबारको ग्रस कलेक्सन १ करोड ५५ लाख आसपास रहेको बताएका उनले दोश्रो दिन शनिवारको कलेक्शन १ करोड ९० लाख आसपास रहेको बताए भने तेश्रो दिनमा ५ करोड आसपास रहेको बताए ।

राजनैतिक विषयलाई उठान गरिएको यस चलचित्रलाई दर्शकले रुचाएका छन् । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ भने कथा दीपेन्द्र लामाको हो भने पटकथा दीपकराजले तयार गरेका हुन् । चलचित्रले यतिखेर राम्रो प्रतिक्रिया पाईरहेको छ ।

Leave a Reply