कोरोनाका कारण यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ स्थगित

यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोह स्थगित भएको छ । नेपाल लगायत विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण २०७६ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यस वर्षका लागि स्थगित भएको चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले जानकारी दिए । चलचित्र विकास बोर्डले यही असार १६ गते आफ्नो २०औं वार्षिकोत्सव मनाउँदैछ । वि.सं. २०५७ साल असार १६ गते स्थापना भएको बोर्डले आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्रपति निवासमा राष्ट्रपतिको हातबाट फिल्मकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने गरेको छ । गत वर्ष तीन वर्षको राष्ट्रिय पुरस्कार एकैपटक बाँडिएको थियो । नवनियुक्त अध्यक्ष दाहालका अनुसार अर्को वर्ष दुई वर्ष (२०७६-०७७) को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकसाथ बाँडिने छ । यस वर्ष बोर्डको वार्षिकोत्सवको अवसरमा कुनै औपचारिक कार्यक्रम पनि नहुने उनको भनाई छ ।

Leave a Reply