‘घामड शेरे’को ट्रेलर सार्वजनिक, निश्चलको घामड (भिडियो सहित)

निर्देशक हेमराज विसी निर्देशित चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलर निश्चलको घामड अन्दाज झल्किएको छ ।

रियल कपल निश्चल र स्वस्तिमलाई म्युजिक भिडियोमा निकै रुचाइएको थियो। दर्शकले उनीहरुलाई राष्ट्रिय दाई भाउजुको ट्याग दिएका छन्। निश्चल चलचित्रको शीर्ष भूमिकामा छन् भने स्वस्तिमाले उनको श्रीमतीको भूमिका निभाएकी छिन् । निश्चल र स्वस्तिमाका अलावा चलचित्रमा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि मुख्य अभिनय रहेको छ ।

निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा चलचित्र निर्माण भएको हो साथसाथै चलचित्रको कथा, पटकथा र लगानी पनि उनकै रहेको छ ।नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, प्रदीप लामाको कोरियोग्राफ, राजेन्द्र मोक्तानको कलर रहेको छ ।

चलचित्र तिहारको अवसर पारेर कार्तिक ८ मा रिलिज हुँदैछ ।

Leave a Reply