सुमीको एक्सन भरिएको ‘सरौतो’ को ट्रेलर सार्बजनिक (भिडियो)

कोरीबाटी,काठमाडौँ

कार्तिक २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र‘सरौतो’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अभिनेत्री सुमी मोक्तानलाई एक्सन अवतारमा देख्न सकिन्छ । चलचित्रमा सुमीले साइलेन्स किलर गर्लको भूमिका निर्वाह गरेकी छिन् ।

चलचित्रमा सुमीको पिताको भूमिका क्याप्टेन विजय लामाले निभाएका छन् । भने, अभिनेता सन्नी सिंह प्रेमीको भूमिकामा छन् । बदलाको कथामा निर्मित चलचित्रलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको निर्देशक हरी हुमागाईं बताउँछन् ।

चलचित्रमा सन्नी सिंह र सुमी मोक्तानको साथमा आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम समशेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायत कलाकारको अभिनय रहेको छ ।

विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई चलचित्रकी कार्यकारी निर्मातामा सिर्जना जोशी रहेकी छिन् । एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्रमा कथा, पटकथा तथा संवाद राघव कृष्ण गौतमले लेखेका हुन् । यस चलचित्र मार्फत चर्चित छायाँकार हरी हुँमागाईले निर्देशनमा डेव्यु गर्दैछन् । शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई बिके फिल्मस् र एफ डि कम्पनीले प्रदर्शनको जिम्मेवारी सम्मालेका छन् ।

(भिडियो सहित्):

Leave a Reply