कपिल शर्मा फुड डेलिभरी ब्वाइको भूमिकामा देखिँदै !

बलिउडका कमेडियन कपिल शर्मालाई कुनै परिचयको आवश्यकता छैन। पछिल्लो समय उनी चलचित्रमा ध्यान केन्द्रित गरिरहेका छन् । यसैक्रममा उनी नयाँ चलचित्रमा अनुबन्धित भएका छन् ।

चर्चित निर्माता नन्दिता दासको निर्देशनमा बन्ने नयाँ चलचित्रमा उनले काम गर्न लागेका हुन् । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । भारतीय सञ्चारमाध्यमका अनुसार यस चलचित्रमा कपिल फुड डेलिभरी ब्वाईको भूमिकामा देखिने छन् । उनको श्रीमतीको भूमिकामा भने शाहना गोस्वामी देखिनेछिन् । यो चलचित्रको छायांकन छिट्टै सुरु हुँदैछ र भुवनेश्वर ओडिशामा छायांकन हुनेछ । कपिलको डेब्यु चलचित्र ‘किस किसको प्यार करुँ’ हो । त्यसपछि उनले चलचित्र ‘फिरङ्गी’मा काम गरे र यो उनको चलचित्र हो ।

Leave a Reply