‘घामड शेरे’को फस्टलुकमा निश्चलको फरक रुप

कोरीबाटी,काठमाडौँ

निर्देशक हेमराज विसी निर्देशित चलचित्र ‘घामड शेरे’को  फस्टलुक पोस्टर साथै प्रदर्शन मिति सार्वजनिक भएको छ । रोमान्टिक–कमेडी जनरामा बनेको चलचित्रको पोस्टरमा निश्चल बस्नेत मात्र अटाएका छन् ।

चलचित्रको पोस्टर निकै आकर्शक बनेको छ भने निश्चलको लूक्सले दर्शकको ध्यान केन्द्रित गर्छ । उनि धुलोमा लतपतिएर रिसाहा मुडमा देखिएका छन् ।  निश्चल चलचित्रको शीर्ष भूमिकामा छन् भने स्वस्तिमाले उनको श्रीमतीको भूमिका निभाएकी छिन् । निश्चल र स्वस्तिमाका अलावा चलचित्रमा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ ।

निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा चलचित्र निर्माण भएको हो साथसाथै चलचित्रको कथा, पटकथा र लगानी पनि उनकै रहेको छ ।  नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, प्रदीप लामाको कोरियोग्राफ, राजेन्द्र मोक्तानको कलर रहेको छ ।

चलचित्र तिहारको अवसर पारेर कार्तिक ८ मा रिलिज हुँदैछ ।कोरीबाटी,काठमाडौँ

चलचित्र तिहारको अवसर पारेर कार्तिक ८ मा रिलिज हुँदैछ ।

Leave a Reply