राजेश पायल राईको घरमा आगोलागी : फेसवुकमा सबैलाई धन्यवाद

कोरीबाटी,काठमाडौँ

राई ईज किङ अर्थात चर्चित गायक राजेश पायल राईको नयाँ बानेश्वरस्थित घरमा आज साँझ आगोलागी हुँदा राई भने नेपालमामा थिएनन् ।

उनी सांगेतिक कार्यक्रमका लागि युकेमा छन् । उनले अहिले सम्म सांगितिक क्षेत्रमा लागेर पाएको प्रशंसा, अवार्ड र सम्मान पत्रहरु काठमाडौं स्थित घरमा खरानी भएका छन् । आगलागीबाट के कति क्षती भएको छ भन्ने विवरण आइसकेको छैन । उनको घरमा भएको आगलागी पछिको भिडियो पनि सार्वजनिक भएको छ । प्रहरीले मुचुल्का उठाइरहँदा राईको अवार्ड र प्रमाणपत्रहरु जलेर कालो भएका छन् ।

आगलागीवाट राईको घरमा सबैभन्दा बढी राईकै कोठामा भएको देख्न सकिन्छ अन्य कोठामा भने त्यती धेरै क्षती नभएको बताउँछन् । छिमेकीहरुले राईको कोठाको झ्यालको सिसा फुटाएर आगो नियन्त्रणमा लिएका थिए । आगलागी कसरी भयो भन्ने कुरा पनि खुलेको छैन । घरमा आगलागी हुँदा सहयोगी महिला घरमा थिइन् । अनि घरका साइलो दाई माथिल्लो तलामा रहेका कारण आगलागी थाहा नभएको बताए । आगलागी तल्लो तलामा भएको थियो ।

उनले सामाजिक सञ्जाल फेसवुक मार्फत सबैलाई धन्यवाद दिएका छन् । उनले फेसवुकमा लेखेका छन्, ‘यो घडिमा अहिलै घरमा आउन सकिन, सक्दिन पनि ,म सँग पेशा छ अनि बाध्यता पनि र आयोजक सँग अझै २ महिनाको कार्यक्रमको एग्रीमेन्ट छ तर यो परी स्थिती मा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवार प्रती । यहाँ बाटै हार्दिक नमन ।एवार्ड जले होलान तर तपाइहरुले दिएको आसिर्बाद माया ,सुझाब नजलोस । म सदा तपाइहरु कै काखमा लुट्पुटिने माम्छे’।

Leave a Reply