चलचित्र ‘मेतोक’ को दोस्रो गीत सार्वजनिक (भिडियो)

कोरीबाटी,काठमाडौँ

ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’ को दोस्रो गीत ‘ह्योल्मो युल्ला’ एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ ।  ह्योल्मोहरुले आस्थाको केन्द्र मान्दै आएको ह्योल्मो समाजसेवा केन्द्र बौध्द तिन्चुलिमा ह्योल्मो समुदायका बुद्धिजीवी र विशिष्ट व्यक्ति तथा  ह्योल्मोको विभिन्न संघसंस्थाका पधदिकरिहरुको उपस्थितिमा उक्त गित सार्वजनिक गरिएको हो ।

दावा डी ह्योल्मो र दोर्जे वाङ्छुक ह्योल्मोको शब्द रहेको ‘ह्योल्मो युल्ला’ गीतमा दावा डी ह्योल्मो र तेन्जिङ ह्योल्मो (आङ डोल्मा) को स्वर रहेको छ ।  गीतलाई दावा डी ह्योल्मोलेनै संगीत भरेका छन् । उक्त भिडियोको कोरियोग्राफर भने राज महर्जन रहेका छन् ।

“मेतोक चलचित्रको अभियान, ह्योल्मो भाषा, धर्म कला संस्कृतिको संरक्षण सम्बर्द्धन भन्ने मुलनाराका साथ चलचित्र निर्माण भएको नायक तथा निर्देशक समेत रहेका ठिलेन लामाले बताएका छन् ।

यस “मेतोक” चलचित्र समय सान्र्भिक स्तरीय चलचित्र बनाउनको लागि छायङ्कन र सम्पादनमा प्रयोग हुने स्तरीय उपकरणहरु र अनुभवीलाई विशेष ध्यान दिई प्रयोग गरिएको र आधिकारीक रुपमा प्रथम र एक अनुभवीयको निम्ति प्रयास भएको हुँदा दर्शक र शुभेक्षुहरुबाट सहयोग तथा हौसलाका साथ थप उर्जा प्राप्त हुनेमा पूर्ण बिस्वस्त  रहेको निर्देशक लामाले बताए ।

ठिलेन लामाको कथा र आगत के.सीको पठकथा/सम्बाद रहेको अनुबाद भने डल्ले ह्योल्मोले गरेका हुन् ।  चलचित्रलाई राम कुमार केसीले खिचेका छन् भने संदेश शाहले सम्पादन गरेका छन् ।

चलचित्रमा ठिलेन लामा, निमा डोल्मा लामा र दावा दोर्जे लामाको मुख्य भूमिका रहेको चलचित्रमा छेम्बेल ह्योल्मो, भिम ज्यावा, कान्छी माया ह्योल्मो, पेमा लामा ह्योल्मोको अभिनय रहेको छ, त्यसैगरी चलचित्र क्षेत्रमा लामो समय सम्म संलाग्न रहनु भएको अनुभावी र चर्चित हास्य कलाकार डोमा ह्योल्मोलाई अथिति कलाकारको रुपमा देख्न सकिन्छ ।

चलचित्र यहि आउदो असोज १७ गते शुक्रबार ‘विशेष प्रदर्शन’ स्वरूप पहिलो पल्ट  प्रदर्शन गरिने भएको छ । निर्देशक लामाका अनुसार चाबहिलको KL Tower को Fcube Cinemaमा चलचित्रको विशेष सो गर्ने तयारी रहेको छ ।

Leave a Reply