‘रातो टीका निधारमा टलक्क टल्कियो’को शिर्ष गीत सार्बजनिक, नाचे अंकित र साम्राज्ञी (भिडियो)

कोरीबाटी,काठमाण्डौ

करिव २२ बर्ष अगाडी रिलिज भएको चलचित्र ‘अल्लारे’ मा समावेश ‘रातो टिका निधारमा’ लोकप्रिय गीत असोज १० गते रिलिज हुने तयारीमा रहेको चलचित्र ‘रातो टिका निधारमा’ यहि गीतको रिमेक भर्सन राखिएको छ। असोज १० गतेबाट दशैँको अवसरलाई लक्षित गर्दै प्रदर्शनमा आउने चलचित्र ‘रातो टिका निधारमा’बोलको गीतलाई गायक प्रमोद खरेल र गायिका मेलिना राईले स्वर भरेका छन् ।

बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह र नव अभिनेता अंकित शर्मा सँगै रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, अरुणा कार्कीलगायतका कलाकार पनि अटाएका छन् । गीतले दशैं नजिकिएको भान गराउँछ ।

अशोक शर्माको निर्देशित चलचित्रमा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले चलचित्रलाई निर्माण गरेका छन् भने शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत रहेको छ। चलचित्रको गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् भने चलचित्रका लागि सहदेव ढुंगाना, डा.कृष्णहरि बराल र रवि. मल्लले गीत लेखेका हुन्।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण हुने चलचित्रलाई  पुरुषोत्तम प्रधानको छायाँकन, मित्र डी गुरुङ्ग को सम्पादन रहेको छ  ।

Leave a Reply