नेपालमा आईन् सन्नी लियोनि

कोरीबाटी,काठमाडौँ

यहि भदौ २७ अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘पासवर्ड’को आज हुने प्रीमियरका लागि बलिउड अभिनेत्री सन्नी लियोनि नेपाल आइपुगेकी छिन् । उनले ‘पासवर्ड’को  आइटम गीतमा ठुम्का लगाएकी छिन् ।

सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्ममा अनुप बिक्रम शाही, सन्नी लियोनि, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।
एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्ममा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के.आर थापा सह-निर्मातामा छन् । फिल्ममा सिमा गुरुङको कथा रहेको छ ।

महेश दवाडी र सम्राट बस्नेतको स्क्रीन प्ले रहेको फिल्ममा अर्जुन जि.सीको सम्पादन, अमर जीत सिंहको छायांकन, शौरभ लामाको डिओपी रहेको छ । सम्राटकै द्वन्द निर्देशन रहेको फिल्मलाई गोविन्द शाही र मनोज राठीले वितरण गर्दैछन ।

सन्नीले आज बेलुका हुने प्रीमियरमा मिडिया संग भेटघाट गर्नेछिन् । मिडिया संगको भेट पछि उनले ‘पासवर्ड’ हेर्ने र हायात होटलमा बस्ने जानकारी छ । शुक्रबार काठमाडौँको केहि स्थानमा भ्रमण गरेपश्चात उनि शनिबार भारत फर्किने सेड्युल छ ।

Leave a Reply