कृष्ण कार्कीको घरबारमा पल र आँचल ( भिडियो)

नव गायक कृष्ण कार्की र बिन्दु परियारको आवाजमा ‘घरबारमा’ बोलको गीत सार्वजनिक भएको छ । केहि वर्ष यता गायन सम्बन्धि विभिन्न प्रशिक्षण लिईरहेका कृष्णको डेब्यु गीतमा आप जोडी अर्थात् पल शाह र आँचल शर्मा फिचर्ड छन् । गीतमा मायामा आउने घरबार र खानदानको कुरालाई देखाइएको छ । गीतमा शब्द र संगीत सन्तोष सुनारको रहेको छ ।

‘गीतलाई युवापुस्ताले मन पराउनु हुन्छ भन्नेमा विश्वत छु’ डेब्यु गायक कृष्ण भन्छन् ‘मेरो सपना आजबाट साकार भएको छ , आश छ मैले देखेको सपनाको पथमा म सहि छु भन्ने ।’ कृष्णले आफ्नै क्षमताले यहाँसम्म आएको बताए । 

उक्त गीतको पोस्टरलाई निकै सुन्दर र आकर्षक ढंगले सुजन श्रेष्ठ (Ellex Design) ले गरेका छन् भने  गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् , जसलाई रामकुमार केसीले छायाँकन गरेकाछन् भने यसलाई निर्देशनसँगै सम्पादन पनि टेकेन्द्र शाहले गरेका छन् । 

Leave a Reply