पल र कृष्टिनाको ‘तिमी आउँछौ की भनी’(भिडियो)

गायक सुनिल गिरीले नयाँ गीत सार्वजनिक गरेका छन् । उनको स्वर रहेको ‘को होला त्यो २’को फिमेल भर्सन ‘तिमी आउँछौ की भनी’ को भिडियो सार्वजनिक भएको छ । गायिका सुमन गुरुङको स्वर रहेको योे गीतमा गायक गिरीकै शब्द तथा संगीत छ । गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा पल शाह र कृष्टिना थापाको अभिनय रहेको छ। मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई अनिलले नै छायांकन गरेका हुन् । प्रेम भाव रहेको गीतको भिडियोमा प्रेमीकाले प्रेमीको पर्खाइ र सम्झनामा बितेका दिनहरुलाई प्रस्तुत गरिएको छ ।

Leave a Reply