सरोज र आश्माले लाए ‘मिल्टेरीको जुत्ता'(भिडियो सहित)

गायक पवन गिरीले लोक परिवेशमा आधारित गीत सार्वजनिक गरेका छन्। नेपाल आइडल सिजन २ का रुचाइएका गिरीको गीत ‘मिल्टेरीको जुत्ता’ शुक्रवार सार्वजनिक गरिएको हो । गीत अनुसार निकै रमाइलो तरिका बाट म्युजिक भिडियो बनाइएको छ जसमा जोडी सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन्। सार्वजनिक गीतका शब्द रमेश दहालले लेखेका हुन् भने संगीत टिका दहालको रहेको छ।

गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्। भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफी र अर्जुन तिवारीले छायांकन गरेका हुन्। जीवन थापाले भिडियोलाई सम्पादन गरेका हुन्। हास्य टेलिश्रृंखला ‘सक्किगोनि’मा काकु भनेर चिनिने कलाकार दिपक आचार्यको निर्देशनमा भिडियो तयार भएको हो। भिडियोलाई वाइड लेन्स प्रोडक्सनको च्यानल मार्फत सार्वजनिक गरिएको छ।
भिडियो हेर्नुस् :

Leave a Reply