मेलिनाकाे स्वर रहेको ‘आउन माया’मा दयाहाङकाे अभिनय(भिडियो)

लोकप्रिय गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको गीत ‘आउन माया’को भिडियो बाहिरिएको छ ।  गायक तथा संगीतकार हरि लम्सालको शब्द, संगीत र एरेन्जमा तयार भएको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाएको भिडियोमा दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको छ ।

भिडियोमा आँफुलाई भन्दा बढी माया गर्ने मायालु साथमा नै हुँदा बेवास्ता गर्ने प्रेमीले मायालु टाढिएपछि बल्ल उनको महत्व बुझेको कथालाई मार्मिक तरिकाले देखाइएको छ । किरन चाम्लिङ राईको निर्देशन रहेको गीतको भिडियोको सम्पादन अनिल रानाले गरेका हुन् भने छायांकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् । हेर्नुहोस् भिडियो

Leave a Reply