स्वस्तिमासँग पल र नाजिरको गज्जबको केमेस्ट्री(फोटो फिचर र भिडियो)

पछिल्लो समयका चर्चित नायक नायिकाहरुमध्यका हुन् नायिका स्वस्तिमा खड्का र नायकद्वय पल शाह र नाजिर हुसेन । पहिलो चरणको लकडाउन सकिएपछि नेपालमा म्यूजिक भिडियो निर्माणमा बाढी नै आयो । यसले, चलचित्रको काम रोकिएपनि कलाकारहरु खाली बस्नु परेको छैन । म्यूजिक भिडियो खेल्न चाहने हरेक कलाकार व्यस्त छन् । म्युजिक भिडियोबाट दर्शकले निकै रुचाएका कलाकार हुन्,पल शाह। त्यस्तै नायिका स्वस्तिमा खड्का र नायक नाजिर हुसेनको व्यस्तता पनि म्यूजिक भिडियोमा खुबै छ ।

तीन हप्ता अगाडि पल शाह, नाजिर हुसेन र स्वस्तिमा खड्का अभिनित ‘मुखैमा रामराम’ बोलको गीत रिलिज भयो । पल,नाजिर र स्वस्तिमा म्युजिक भिडियोमा पहिलो पटक प्रस्तुत भएका हुन् । उक्त म्युजिक भिडियोमा तिनै कलाकारको धमाकेदार प्रस्तुति देख्न सकिन्छ र उनीहरुबीच निकै गज्जबको केमेस्ट्री पनि देखियो । म्युजिक भिडियोको छायांकन स्थल पुग्दा पर्दा पछाडी पनि देखिएको यी तिन कलाकारको गज्जबको केमेस्ट्री हामीले कैद गरेका छौं ।  हेर्नुहोस् भिडियो:

तस्बिरमा हेरौँ स्वस्तिमासँग पल र नाजिरको गज्जबको केमेस्ट्री !!

No description available.No description available.No description available.

तर, यी तिन स्टारलाई भिडियोमा राख्दा पनि भिडियोले कुनै कमाल मच्चाएन । गीतको अडियो भिडियो राम्रो हुँदा पनि यो गीत दर्शकको मुखमा झुन्डिन सकेन । करिब १० लाख सबस्क्राइवर भएको च्यानलबाट रिलिज भएको यो भिडियोलाई अहिले सम्म एक मिलियन पटक मात्र हेरिएको छ । उसो त, भिडियोको सफलताको मापन भ्यूज र ट्रेन्डिङले मात्र गर्दैन । तर, युटुबबाटै आम्दानी गर्नका लागि भिडियोमा लगानी गर्ने निर्माताका लागि भ्यूजको महत्व धेरै छ । चलचित्रमा नाम चलेका कलाकारले अभिनय गरेको गीतको युटुबमा भ्यूजको खडेरी लागिरहेको कुराको एउटा उदाहरण हो , पल,नाजिर र स्वस्तिमा अभिनित म्युजिक भिडियो,’मुखैमा रामराम बगलीमा छुरा’ ।

No description available.No description available.

Leave a Reply