अदिती बुढाथोकी बलिउड गायक अमाल मलिकसँग म्यूजिक भिडियोमा

नेपाली चलचित्र ‘कृ’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका अदिती बुढाथोकी मुम्बइमा रहेर मोडलिङ गरिरहेकी छिन् । उनै, अदिती अब भारतका चर्चित गायक तथा संगीतकार अमाल मलिकसँग एक गीतको भिडियोमा देखिएकी छिन् ।

‘तु मेरा नही’ बोलको म्यूजिक भिडियोको टिजर सार्वजनिक गरिएको छ । सोनी म्यूजिकबाट सार्वजनिक हुने यो गीतको छायांकनका क्रममा निकै नै रमाइलो भएको अदितीले उल्लेख गरेकी छिन् । उनले, उत्कृष्ट गीतको भिडियोमा सहकार्य गर्ने अवसर दिएकोमा अमाललाई धन्यवाद पनि दिएकी छिन् ।

Leave a Reply