‘छुटेपछि त छुट्यो छुट्यो’ भन्दै युवराज र अञ्जली(भिडियोसहित)

गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ। युवराज तथा गायिका अनुष्का पाठकको स्वर रहेको ‘छुटेपछि छुट्यो छुट्यो’ बोलको गीतको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ । गायक चौलागाईंको आधिकारिक युट्युब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द दीपिका रिमाल थापाले रचना गरेकी हुन् । उदयराज पौडेलद्वारा संगीत संयोजन गरिएको गीतमा महाराज थापाको मिक्सिङ तथा माष्टरिङ छ । भूषण दाहालको निर्देशन रहेको म्यूजिक भिडियोमा गायक चौलागाईं र अभिनेत्री अधिकारीको साथमा दीपक विष्टको समेत अभिनय रहेको छ । कुमार कटवालले छायांकन गरिएको उक्त भिडियोलाई पदम तिमिल्सिनाले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस् :

Leave a Reply