शिवको ‘आँसुको अर्थ ३’मा आकाश श्रेष्ठ(भिडियो)

लोकप्रिय गायक शिव परियारको स्वर तथा संगीत रहेको ‘आँसुको अर्थ ३’ –‘तिमिले पो सक्यौ त’ को भिडियो सार्वजनिक भएको छ । ‘आँशुको अर्थ’ र ‘आँसुको अर्थ २’गीतलाई दर्शक तथा स्रोताले अत्यधिक मन पराए पछि शिव परियारले ‘आँसुको अर्थ ३’ लिएर आएका हुन् । गीतमा संचारकर्मी तथा चलचित्र निर्माता रवि अधिकारीको शब्द रहेको छ भने गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् । गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ।

‘आँसुको अर्थ ३’मा नायक आकाश श्रेष्ठले मन छुने अभिनय गरेका छन्। आँसुको अर्थमा जहाँ सकिएको थियो ‘आँसुको अर्थ ३’को भिडियो त्यहि बाट सुरु गरिएकको छ। भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ । यस भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्। हरि हुमागाईको छायांकन र धमला विकासको सम्पादन रहेको गीतको भिडियोलाई गायक शिव परियारले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक छ । भिडियोलाई गायक परियार आफ़िले निर्माण गरेका हुन् ।

 

Leave a Reply