प्रताप दास र कबिताको स्वरमा गोधुली सार्वजनिक(भिडियो सहित)

गायक प्रताप दास र गायिका कबिता श्रेष्ठको स्वरमा नयाँ गीत गोधुली सार्वजनिक भएको छ । नव प्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको गीत शुक्रवार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा ज्ञानीमाया र हेरुकाको रोमान्सलाई प्रस्तुत गरिएको छ । प्राकृतिक सौन्दर्य सहितको लोकेशनमा खिचिएको गीतमा नव प्रतिभा ज्ञानीमाया र हेरुका लाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

राजेश कुमार श्रेष्ठको शब्द संगीतमा तयार भएको भिडियो गीतलाई भुईसल लामाले निर्माण गरेका हुन् । गीतमा दिनेश पाख्रिनको निर्देशन रहेको छ । अमूल कार्कीको एरेञ्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको छ । गीतमा दिक्षा पाख्रिनको कोरियोग्राफि रहेको छ ।

 

Leave a Reply