‘चिसो मान्छे’मा स्वस्तिमा खड्काको पारिश्रमिक १८ लाख

‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र ‘चिसो मान्छे’मा नायिका स्वस्तिमा खड्काले १८ लाख पारिश्रमिक वुझेकी छिन् । यो संगै, महंगो पारिश्रमिक बुझ्ने अभिनेत्रीको सूचीमा स्वस्तिमा खड्का पनि थपिएकी छन् । दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । यो टिमसँग स्वस्तिमाले चलचित्र ‘लभ लभ लभ’मा काम गरेकी थिइन् । गएको शुक्रवार स्वस्तिमाले यो चलचित्र साइन गरेकी हुन् ।

चलचित्रमा स्वस्तिमाको भूमिका शक्तिशाली रहेको बुझिएको छ । कोभिड १९ को महामारी सामान्य भएपछि छायांकन सुरु हुने चलचित्रले मानिसहरुमा देखिएको नैराश्यताको कथा भन्नेछ । दीपेन्द्रले लकडाउनकै समयमा यो चलचित्रको स्क्रिप्ट तयार पारेका हुन् । उनी आफैंले चलचित्र खिच्दैछन् । शर्मिला पाण्डेले निर्माण गर्ने चलचित्रको छायांकन सुदूरपश्चिमका विभिन्न भेगमा हुने बताइएको छ ।

Leave a Reply