चलचित्र हुदै हास्यकलाकारको रुपमा आफुलाई स्थापित गराएका कलाकार हुन् सागर लम्साल ‘बले’। कमेडी सिरियलमा लोकप्रिय भएका बले पछिल्लो समय म्युजिक भिडियोमा पनि सक्रिय हुदै आएका छन्। उनका म्युजिक भिडियो पनि दर्शक माझ निकै लोकप्रिय हुदै गएका छन्। म्युजिक भिडियोका लागि ‘बले’ हिट नाम बनिसकेको छ ।
उनी अभिनीत म्युजिक भिडियो एक पछि अर्को सार्वजनिक भइरहेका छन् । जसमध्ये एक हो करिब १ साता अगाडि रिलिज भएको ‘अत्ति भो ‘ । गीतमा सागरसंगै चक्र बम,गीता ढुंगाना र रोशनी कार्की पनि फिचर्ड छन् । उक्त रमाईलो र डान्सिंग भिडियोको छायांकनको क्रममा म्युजिक भिडियोको अवतारमा हामीले ‘बले’को विभिन्न पोजलाई तस्बिरमा कैद गरेका छौं । तस्बिरमा हेरौँ सागर लम्साल ‘बले’को स्टाइल !!