शास्त्र ब्याण्डको ‘भूत’ सार्वजनिक(भिडियो)

दर्शक–स्रोतासामु फरक–फरक शैलीका गीत ल्याइरहने ‘शास्त्र नेपाल’ ब्याण्डले नयाँ गीत सार्वजनिक गरेको छ । मेटल जनरमा तयार पारिएको ‘भुत’ बोलको गीतको  भिडियोमा आज भोली समाजमा घटिरहेको महिला माथि हुने हिंसापछी तिनै आत्माहरुले कसरी ति दुष्टको सम्भार गर्छ भन्ने कथामा आधारित रही काल्पनिक रुप देखाइएको छ ।

भिडियोमा निर्जन थापा, अञ्जु चौलागाईं, शेखर सुवेदी, नम्रता अर्याल तथा सुमी क्षेत्री लगयतको अभिनय देख्न सकिन्छ । गीतलाई शास्त्र नेपाल ब्याण्डले तयार पारेको हो भने स्वर, शब्द तथा संगीत ब्याण्डकै लिड भोकलिष्ट संगीतकर्मी बिनोद ढकालको रहेको छ । भिडियोलाई लक्ष्मण सुनारले निर्देशन तथा सम्पादन गरेका छन भने आरोन अशोककुमारले छांयाकन गरेका हुन । त्यस्तै मधुकर बलामी र सत्यम राणाको भिएफएक्स तथा राजेन्द्र मोक्तानको कलरिङ रहेको छ । भिडियोलाई गायक बिनोद ढकालकै अफिसियल यूट्युब च्यानलबाट मार्फत सार्वजनिक गरिएको छ । भिडियो :

Leave a Reply