पल र मलिकाको ‘टाढा भएपनि’ले कायम गर्यो नयाँ रेकर्ड(भिडियो)

फूल बुट्टे सारीको अपार सफलता पछि नायक पल शाह र मलिका महत फिचर्डमा म्युजिक भिडियो “टाढा भएपनी” ले नयाँ  रेकर्ड कायम गरेको छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै ९ लाख ७६ हजार ४९२ हजार पटक हेरिएको पहिलो म्युजीक भिडियो भएको छ । गीतले २४ घण्टा भित्र नै १० लाख भ्युज ल्याउन सफल यस गीतमा लाईक ७६ हजार प्लस छ भने कमेन्ट ७ हजार २ सय माथि आएको छ।

केन्द्र मोसन्स पिक्चर्स युट्युब च्यानल बाट रिलिज गरिएको गीतलाई फिमेल भर्जनमा कभर गरिएको हो। गीतमा आवाज अस्मिता अधिकारीले दिएकी छिन् । उर्गेन डोङको शब्द संगीत र एरेन्ज रहेको गीतको भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका छन् । फूल बुट्टे सारी जोडी पल मलिकाको यसभन्दा अघि फूल बुट्टे सारीले १८ दिनमा १ करोड भ्युज ल्याएर नेपालमा नयाँ रेकर्ड राखेको थियो। हेर्नुहोस् गीतको भिडियो :

 

Leave a Reply