सन्तोष अधिकारीको ‘गहिरो थियो मेरो माया’ सार्वजनिक(भिडियो)

चलचित्र ‘तीन जन्तु’का निर्माता सन्तोष अधिकारी अभिनित तथा निर्देशित म्युजिक भिडियो ‘गहिरो थियो मेरो माया’ रिलिज गरिएको छ । सनुप पौडेलको स्वर रहेको गीतको भिडियो भ्यालेनटाइनस् डेको अवसार पारेर आइतबार रिलिज गरिएको हो । अष्ट्रेलियामा छायांकन गरिएको गीतको मेकिङ उच्च देखिनछ । अजय कुमार अधिकारीको शब्द तथा संगीत रहेको गीतलाई चन्द सिंहले एरेञ्ज गरेका हुन् ।

सार्वजनिक भिडियोमा निर्देशक अधिकारीका अलवा निखिला बुढाथोकी, बालकलाकार अभनीस देव अधिकारी र अर्चेरको अभिनय रहेको छ । निरञ्जन प्रधानको डिओपि रहेको गीतमा स्टोरमक्रो फ्रेम वर्क होबर्ट अष्ट्रेलियाको सम्पादन तथा कलरकरेक्सन रहेको छ । निर्माता अधिकारी ‘घर’, ‘आमा’ र ‘चिसो मान्छे’का सह-निर्माता हुन् ।

Leave a Reply